७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्डको आरोप : ओलीजस्ता डब्बल डिलर, झुठ बोल्नेहरूले मान्छेलाई ताली पिटाउँदै हिँडेका छन्



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली झुठो र बेइमान भएको आरोप लगाएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शहीर सूर्यनाथ यादवको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एकीकृत पार्टी हुँदा ओलीले आफुलाई काम गर्न दिएनन भनेर झुठ र बेइमानी बोल्दै हिँडेको आरोप लगाए । केपी ओलीले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभालाई निर्ममतापूर्वक विघटन गरेको आरोप लगाए । प्रचण्डले भने, सार्वभौम प्रतिनिधिसभालाई ओलीले निर्ममतापूर्वक विघटन गरेकै हो ? अनि अहिले आएर पार्टी भित्र मलाई काम गर्न दिएरन् भन्दै हिँडिराखेका छन् ? पार्टीभित्रको झगडाले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?अहिले आएर नैतिकताको कुरा गर्ने ?’

प्रचण्डले ओलीलाई पाखण्डी, डब्बल डिलर र ठग भएको आरोप समेत लगाए । उनले भने, ‘यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन्। यो ताली पिट्ने देखेर पनि हैरान हुन्छु म ।’

प्रचण्डले क्रान्तिकारी विरासत र मुद्दाहरु माओवादीसँग मात्रै रहेको पनि दाबी गरे । तर, आफूहरुको पार्टी विस्तारै एमालेकरण हुन थालेको भन्दै चिन्ता पनि व्यक्त गरे । एमाले र ओलीमा छलछाम, झुट, गुट,धोका दिने लगायको विशेषता रहेको बताउँदै उनले त्यस्तै गुण आफूहरुको पार्टीमा सरेर एमालेकरण हुन लागेको बताए। उनले अब अरूलाई आलोचना गर्नेभन्दा पनि आफू सच्चिएर अगाडि बढ्नुपर्ने बताए।

उनले एमालेबाट विद्रोह गरेर माधव नेपाल र झलनाथ खनाल ‘ठीक ट्र्याक’मा हिंड्न प्रयास गरिरहेको बताउँदै आफुहरुले उनीहरुलाई सहयोग गरिरहेको बताए । प्रचण्डले भने, ‘हामीले धेरै मेहनत पनि गर्यौं । हुन त मेहनतको फल लाग्या पनि छ । अहिले झलनाथ, माधव जस्ता पुराना पिंढीका साथीहरु ठिकै ट्र्याकमा अगाडि बढ्न जमर्को गरि राख्नुभाछ । हामीले ठूलो सहयोग गरेका पनि छौं ।’

अध्यक्ष प्रचण्डले जनताको साथ लिएर गठबन्धन अघि बढ्ने बताए । गठबन्धन एक भएपनि कसैको केही नलाग्ने उनले बताए ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : २९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११