त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका-५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको मृत्यु भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आज बिहान २स्३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा…