ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका-६ मामाङ्खेमा रहेको लिम्बू संग्रहालय कमजोर व्यवस्थापनका कारण ओझेलमा पर्दै गएको छ । संग्रहालयमा लिम्बू समुदायको पुरातात्विक पहिचान संरक्षण गर्ने प्रयास भए पनि आवश्यक प्रवर्द्धन र व्यवस्थापन नहुँदा गुमनाम जस्तै बनेको छ । संग्रहालय २०५७ सालमा स्थापना भएको हो । संग्रहालयमा लिम्बू समुदायले परापूर्व कालदेखि प्रयोग गर्दै आएको हात हतियार, शिकार गर्दा…