१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाँकेमा लगातार मान्छे खाइरहेको बाघ नियन्त्रणमा



नेपालगन्ज । बाँकेको राप्तीपारी शृङ्खलाबद्ध आक्रमण गरि मान्छे खाने नरभक्षि पाटेबाघलाई नियन्त्रणमा लिइएकोछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वनमा बुधबार बिहान बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिइएको हो ।

फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी राप्ती पीडित सामुदायिक वनभित्रबाट बुधबार विहान बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिए । विगत १२ दिनदेखी बाघ नियन्त्रण लिन भन्दै पाडो बाँधेर राखिएकोमा बुधवार पाडो माथि आक्रमण गर्न बाघ आएसँगै उक्त बाघलाई नियन्त्रणमा लिइएको हो ।

पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायतको टोलीले नियन्त्रणमा लिएको कंडेलले बताए ।

बाघले यही फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई आक्रमण गरेर मारेको थियो भने त्यसअघि बाघले फत्तेपुर–६ निवासी ३० वर्षीया चाँदनी थारु र राप्तीसोनारी–४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टलाई पनि आक्रमण गरेर मारेको थियो । बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ गाभर र नरैनापुरमा पनि एक÷एक जनाको ज्यान गइसकेकोछ ।

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी ६ महिनाभित्र बाघले पाँच जनाको ज्यान लिएपनि बाघ नियन्त्रण बाहिर रहँदै आएको थियो ।

बाँके निकुञ्जले मान्छे खाने बाघलाई डार्ट गरि नियन्त्रणमा लिने प्रयास सोरुप बाँधिएको पाडो निकुन्जका कर्मचारीको आँखा छली बाघले शिकार गरि लगेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ३२ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले