१६ भदौ २०८३, मंगलबार | September 2, 2026

झलनाथ, नारायकाजीदेखि बिजुक्छेसम्म विप्लवको भेटवार्ता, होला त सहकार्य ?



काठमाडौं । एमसीसीविरुद्ध विभिन्न ६ वामपार्टी र दुई मोर्चाका साथ संघर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक सक्रियता बढाएका छन् ।

गत आइतबार प्रतिनिधि सभाले अमेरिको सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित पारित गरेपछि विप्लवले सक्रियता बढाएका हुन् ।

जनस्तरमा व्यापक चासो रहेको र विरोध भइरहेको एमसीसीलाई संसदले अनुमोदन गरेसँगै विप्लव लगायतले विरोधी धारको नेतृत्व गरिरहेका छन् ।

एमसीसी राष्ट्रघाती रहेको भन्दै संसदमा टेबल गर्नुअघिबाटै आन्दोनमा उत्रिएको वाम पार्टीहरुको समूहले आन्दोलनलाई प्रभावकारी बनाउन पहल थालेको छ ।

सत्तारुढ दलहरुबीच लामो रस्साकस्सीका बीच गठबन्धन जोगाउने गरि व्याख्यात्मक घोषणाको साहरा लिइएको भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ ।

माओ‌वादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ पक्षले र एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले बिरोध गरिरहेका छन् । त्यस्तै एमसीसी पारित गर्ने समयमा बेल घेरेर बसेको नेकपा एमालेका नेता भीम रावल पनि एमसीसीको विपक्षमा उभिएका छन ।

यस्तोमा नेकपाका महासचिव विप्लवले आफ्नो सक्रियता बढाएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमसीसी सम्झौताको संसदमा चर्को बिरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छेसँग भेटवार्ता र छलफल गरेका छन् । विप्लवले एमसीसी बिरोधी नेताहरुलाई आफूहरुको समूहले आयोजना गर्न लागेको एमसीसीविरुद्धको सभामा सहभागी गराउन पहल गरिरहेको जनाइएको छ ।

नेताहरुसँगको भेटमा विप्लवले राजनीतिक सहकार्यको प्रस्ताव गरिरहेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ९ : ४७ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि