२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागबाट खटिएका सुपरीवेक्षकले सो कार्य पूरा गरेको र छुट भएका घर परिवार भएमा विभागको शुल्क नलाग्ने नम्बर ११७८ मा फोन गरेर जानकारी दिन सकिने विभागले जनाएको छ । सूचीकरणको विवरण विभागको वेबसाइटमा समावेश…