१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

कांग्रेस संसदीय दलको बैठक बस्दै, मुख्य एजेण्डा महाअभियाेग



काठमाडौं । सत्तासीन नेपाली कांग्रेसकाे संसदीय दलको बैठक आज मंगलबार बस्दैछ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

आजकाे बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएकाे महाअभियाेग प्रस्तावकाे समीक्षा र आगामी रणनीति रहेकाे छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन् ।

गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाअभियाेग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाअभियाेग दर्ता भएकाे भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुध छ ।

एमाले संसदीय दलकाे बैठक साेमबार बसेकाे थियाे ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : ३६ बजे

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौं । गत फागुन २३ गते बिहान ४ः४० बजे सुलोचना