७ आश्विन २०८३, बुधबार | September 23, 2026

घरमा आगलागी, महिला गम्भीर घाइते



खोटाङ । आगलागीमा जल्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री गम्भीर घाइते भएकी छन् । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा आगोको ज्वालाले पोल्दा खत्री गम्भीर घाइते भएकी हुन् ।

आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई आगोको ज्वालाले पोलेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।आगोको ज्वालाले भेट्दा अनुहार, हात लगायतका ठाउँमा जलेका खत्रीलाई उपचारका लागि गाउँपालिका अध्यक्ष राईले प्रयोग गरिरहेको गाडीमा हालेर विराटनगर पठाइएको छ ।

उनका श्रीमान अगमबहादुर खत्रीलाई गत २ असोजमा टुवा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो । खत्री दम्पत्तीका दुई छोरा रोजगारीका सिलसिलामा घर बाहिर छन् । श्रीमानको मृत्यु भएपछि उनी घरमा एक्लै बस्दैआएकी थिइन् । आगलागीमा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई