काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास सरेका छन् । शुक्रबार बिहान १० बजेको साइतमा प्रधानमन्त्री देउवा बालुवाटारस्थित सरकारी निवासमा सरेका हुन् । देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी प्रधानमन्त्री नियुक्त भएपछिको दुई दिन बुढानिलकण्ठस्थित आफ्नै निजी निवासमै बसेका थिए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार निवास छोडेका थिए ।