११ बैशाख २०८१, मंगलबार | April 23, 2024

एमाले अध्यक्ष केपी ओलीको जिल्लामा माओवादीको एक वर्षे कार्ययोजना : जहाँ समस्या, त्यहाँ माओवादी



झापा । नेकपा माओवादी केन्द्र दमकले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान सुरु गरेको छ । पार्टीको महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन दमक नगर समितिले एक वर्षे कार्ययोजना ल्याउँदै ‘जहाँ समस्या, त्यहाँ माओवादी’को नारा ल्याएको हो । दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएका कारण पनि माओवादीले पार्टीको क्रियाशीलता बढाएको हो ।

पार्टीको संगठन सुधार गर्न र जनताको समस्यालाई प्रत्यक्ष सहभागितामा समाधान गर्न यो अभियानको सुरुवात गरिएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘हाम्रो आधार श्रमजीवी र सर्वहारा वर्गका जनता हुन् । उनीहरूको समस्यामा हामी अघि सर्नुपर्छ । उनीहरूको समस्याबाट भागेर पार्टी कहीँ पुग्दैन,’ बस्नेतले भने, ‘त्यही कारण यो अभियानको सुरुवात गरेका हौ । जनताका साना समस्यामा साथ दिनु हाम्रो दायित्व हो । पार्टीलाई वर्गीय महत्त्व राख्ने समस्या समाधान र कार्यक्रम निर्माणमा केन्द्रित गर्नेछौं ।’

यस्तै, माओवादी केन्द्रले एक वर्षे कार्ययोजना नगर समिति बैठकबाट पारित गर्दै स्वास्थ्य, शिक्षा वा रोजगारसँग सम्बन्धित कुनै पनि सामाजिक काममा प्रत्येक वडाले परिणाम देखिने गरी नेतृत्व लिनुपर्ने वा सहयोग गर्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । भौतिक पूर्वाधार, विकास निर्माणसँग सम्बन्धित कम्तीमा एक काम प्रत्येक वडाले सम्पन्न गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

महिनामा प्रत्येक वडाले कम्तीमा एक सय घरमा घरदैलोको कार्यक्रम गर्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । जसले माओवादीको संगठन सुदृढीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । ‘प्रत्येक महिना र वाार्षिक रूपमा वडाहरूको कामको मूल्यांकन गरी पुरस्कृत गर्ने छौं,’ अध्यक्ष बस्नेतले भने, ‘पार्टी कमिटीमा अबद्धलाई कार्यप्रतिका मूल्यांकनसँग सम्बन्धित भएर हरियो, पहेँलो र रातो कार्डको व्यवस्था गरिनेछ ।’ माओवादीले दमकमा रहेका १० वटै वडामा एउटा वडमा कम्तीमा पाँच वटा टोल समिति निर्माण गर्ने उनले बताए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : १७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना