काठमाडौं । नेपाल टेलिकमको कलर रिङ्ग बेक टोन (सिआरबिटी) सेवा अवरुद्ध भएको छ । सिआरबिटी सेवामा प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । टेलिकमद्वारा आज जारी विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जनाइएको छ । विज्ञप्तिमा यथाशीघ्र समस्या समाधानका लागि प्रयास भैरहेको उल्लेख गर्दै यसबाट ग्राहकवर्गमा…