१६ पुस २०८२, बुधबार | December 31, 2025

ओली सरकारको बजेटलाई सर्वोच्चले भन्यो – असंसदीय, जालझेल र धोखाधडी

काठमाडौं । सर्वोच्च अदालतले ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई गैरसंवैधानिक र अलोकतान्त्रिक करार गरेपछि अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट नै अन्यौलमा परेको छ । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसलामा सर्वोच्चले काम चलाउ सरकारले अनिवार्य सरकारी खर्चको लागि मात्रै बजेट व्यवस्था गर्नसक्ने उल्लेख गर्दै जालझेल वा धोखाधडी गरेर बजेट प्रस्तुत गरिएको ठहर गरेको छ ।…