काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा भएको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् भने २० जना कोरोना संक्रमितले उपचारका क्रममा ज्यान गुमाएका छन् ।…