६ बैशाख २०८१, बिहिबार | April 18, 2024

एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी, अदालतलाई प्रभाव पार्ने भाषाप्रति नेपालको आपत्ति



काठमाडौं । सहमतिको निष्कर्ष निकाल्ने भनिएको नेकपा एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी रहेको छ । आज बहिान ८ बजेका लागि तय भएको बैठक नेपाल पक्षका कार्यदलका सदस्यहरु समयमा नपुगेपछि विहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।

शनिबार बैठकले तयार गरेको मस्यौदाका सम्बन्धमा वरिष्ठ नेपाल माधव नेपालले आपत्ती जनाएपछि नेपाल र नेपाल पक्षका कार्यदल सदस्य आन्तरिक छलफलमा बसेपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो । वरिष्ठ नेता नेपालले अदालतलाई प्रभाव पार्ने गरि मस्यौदामा वाक्य राखिएको भन्दै आपत्ति प्रकट गरेको स्रोतले दाबी गरेको छ ।

अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले अडान राखेकाे बताईएकाे छ ।

नेपाल पक्षीय कार्यदलका सदस्यहरु नेपालको असहमति समेत लिएर सिंहदरवार पुगेपछि बैठक शुरु भएको थियो । आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : ५६ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम