काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकार पक्षको बहस जारी रहने छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए भने आज बाँकी १० जनाले सरकारको कदमको बचाउ गर्दै बहस गर्नेछन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन…