१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

असार १७ गतेदेखि त्रिभुवन विमानस्थलमा दश मिनेटको अन्तरालमा उडान



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ ।

विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान सङ्ख्याका आधार १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन/तीन उडान स्वीकृति दिइएको छ ।

कोभिड-१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आगमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी स्वास्थ्यसम्बन्धी मापदण्ड/प्रोटोकल प्रभावकारी रुपमा पालना गर्न/गराउन विमानस्थल सुविधादेय समितिको पछिल्लो बैठकबाट कार्यान्वयन समिति र सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ ।

नियमित आन्तरिक उडान सञ्चालन हुने निर्णयसँगै आन्तरिक उडानका एयरलाइन्स पनि जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।

आन्तरिक उडानका अग्रणी वायुसेवा प्र्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि यही असार १७ गते देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो ।

कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो ।

कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ०७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर