काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको नेतृत्वको नाममा राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गरिएको बताए । नेता नेपालले लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु सबैका लागि दुःखद…