१८ पुस २०८२, शुक्रबार | January 2, 2026

बेनी-दरबाङ सडक खुलाउने प्रयासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय

म्याग्दी । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडकको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी-दरबाङ सडकखण्ड यही असार १ गतेदेखि अवरुद्ध बनेको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरो पन्छाएर यातायात…