काठमाडौं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले विश्वासको मत पाउन सक्ने आधार नदेखिएको बताएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासलाई लिखित जवाफ पठाउँदै राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा दाबी गरेका दुवैले प्रतिनिधिसभामा विश्वासको मत पाउन सक्ने उचित आधार नदेखिएको जनाएको हो । महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण…