काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७६४ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६८८ जनामा गरिएको परीक्षणमा ७६४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोनाको संक्रमण दर निरन्तर घटिरहेको छ । आज कोरोना संक्रमणबाट मुक्त हुनेको दर ९६ दशमलव ७ प्रतिशत पुगेको छ ।…