१ कार्तिक २०८३, शनिबार | October 17, 2026

बुर्का फालेर राजनीतिमा होमिएकी डा. अलविरा



बुटवल । सामान्यतया समाजमा मुस्लिम महिलाहरु त्यत्ति खुलेर हिँडेको पाईँदैन । खुल्ला आकाशमुनी हिँड्दा पनि पर्दा(बुर्का) लगाउनु पर्ने अन्धविश्वासका कारण मुस्लिम समुदायमा महिलाहरु समाजसेवामा, राजनीतिमा र अन्य खुला गतिबिधिमा देखिँदैनन् । समुदायमा बिरलै महिलाहरु समाजसेवामा लागेका हुन्छन्, जस्को जनमानसमा छुट्टै विशेषता हुने गर्दछ ।

अफगानस्तान, साउदी अरव लगायतका मुस्लिम बाहुल्य समाजमा कतिपय गतिबिधिमा मुस्लिम महिलाहरुलाई बर्जित गरिएपनि पाकिस्तान, बँगलादेश, भारत, नेपाल लगायतका देशहरुमा सानो संख्यामा भएपनि मुस्लिम महिलाहरु समाजसेवा सहित राजनीतिमा देखिने गरेका छन् । पाकिस्तानमा बेनेजिर भुट्टो, बंगलादेशमा सेख हसिना वाजेद राजनीतिमा अग्र स्थानमा पुगेका मुस्लिम महिला हुन् ।

नेपालमा पनि पछिल्लो समय मुस्लिम महिलाहरु समाजसेवामा अग्रसर देखिएका छन् । नेपालगन्जकी माेहना अन्सारी मानव अधिकारको क्षेत्रमा अग्रपङ्तीमा पुगिसकेकी छिन् भने नेपालगन्जकै स्वर्गिय मोहम्मदी सिद्दीकी राजनीति सँगै समाजसेवामा रहेरै उनको कोरोनाबाट मृत्यु भएको थियो । एकल महिलाको मुद्दामा आवाज उठाएर यतिबेला रुबि खान चर्चाको शिखरमा छिन् ।

नेपाली काँग्रेसको जारी महाधिवेशन प्रक्रियामा कपिलवस्तुबाट उडाएकी २४ वर्षिया डा. अलविरा खानले मुस्लिम महिलामा अर्को फड्को मार्ने सम्भावना देखाएकी छिन् । १४ औ अधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनमा उम्मेदवार बनेकी डा. अलविराको सक्रियाताले उनले समाज र राजनीतिमा फरक प्रभाव दिन सक्ने सम्भावना उजागर गरिदिएको छ । एमबीबीएस उत्तीर्ण अलविरा विरामी जाँच्न छाडेर पारिवारिक विरासत धान्दै राजनीतिमा होकिएकी छिन् ।

शुक्रबार उम्मेदवारहरुले मनोयन दर्ता गर्ने क्रममा प्रदेश कार्यसमितिको सदस्यमा उम्मेदवारी दिएकी अलविराको चुनावी सक्रियता कुनै पुरुषको भन्दा कम देखिएको छैन । ढुक्कसँग आफ्नो प्रचार सामाग्री बाँड्दै उनले आफुलाई सबैसँग भोट मागिरहेकी छिन् । कपिलवस्तुकी अलिविराले पनि मुस्लिम महिलातर्फ प्रदेश सदस्यमा मनोनयन दर्ता गरेकी छिन्।

१८ वर्षको उमेरमा काँग्रेसको क्रियाशिल सदस्य बनेकी अलविरा चालु अधिवेशनमा प्रदेशकी कान्छी उम्मेदवार हुन । १३ औं महाअधिवेशनपछि आफू नेपाली कांग्रेसमा क्रियाशिल सदस्य भएको अलविराले खबरकुरालाई बताइन् । अलिविराले आफ्नो बाबा अकित मियाको प्रेरणाबाट राजनीतिमा लागेको बताइन् । ‘बाबा ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल हुनुहुन्छ । उहाँले देशमा भएका आन्दोलनमा सहभागिता जनाउनुभएको छ,’ ’उनले भनिन् । ‘उहाँकै प्रेरणाले म पनि राजनीतिमा लागें ।’

काँग्रेसको पूर्व क्षेत्रीय सभापति रहेका मिया अहिले महाधिवेशन प्रतिनिधि हुन् । राजनीतिसँगै चिकित्सकको पेशा नछाड्ने अलविराको चाहना छ । ‘म डाक्टर नै हुँ, तर समाजका लागि राजनीति पनि गर्छु ।’ उनले भनिन्, ‘मुस्लिम, मधेशी समुदाय, पिछडिएको समुदायको आवाज उठाउन मैले राजनीति रोजें ।’

अलविरा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट लुमिबनी प्रदेश सभापति पदका उम्मेदवार अमरसिंह पुन मगरको प्यानलबाट तर्फबाट उम्मेदवार बनेकी छन् । कपिलवस्तुको क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएर उनी प्रदेश सदस्यको उम्मेदवार भएकी हुन ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ११ : ०० बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ