काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेका दीर्घकालीन प्रभाव पार्ने निर्णयहरुमाथि एकपछि अर्को अंकुश लगाउँदै गएको छ । सर्वोच्चले आइतबार राष्ट्रिय निकुञ्जभित्र ठूला जलविद्युत आयोजना निर्माण गर्न दिने सरकारको निर्णयमा रोक लगाएको छ । कार्यनीति संशोधन गरेर राष्ट्रिय निकुन्जभित्र जलविद्युत आयोजनाहरु खोल्न दिने सरकारको निर्णय रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार…