१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बाँकेमा आज एकजना मात्र संक्रमित थपिए, मृत्युको संख्या शुन्य, जिल्लामा ८३ प्रतिशत बेड खाली



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा एकजना मात्र कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा ल्यावमा भएको ९१ नमुनाको पीसीआर परीक्षण गर्दा बाँकेका १ जना सहित १० जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा बाँकेका मसत्यको संख्या शुन्य रहेको छ भने बाँकेका आज १० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा अव ८६ जना मात्र सक्रिय संक्रमित निको हुन बाँकी रहेको र जिल्ला बाहिरका ७६ जना सक्रिय संक्रमितको बाँकेमा उपचार चलिरहेको छ ।

बाँकेका अस्पतालहरुमा कोरोना उपचारका लागि छुट्याईएको ३६१ बेड मध्य २८३ बेड खाली भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको २०० बेड संख्या मध्य २०० मध्य १३२ वटा बेड खाली भएका छन् । भेरीमा ५३ जना कोरोना संक्रमितको उपचार भईरहेकोमा १७ जना सिकिस्त अवस्थामा छन् । त्यसैगरि नेपालगन्ज मेडिकल कलेजमा १३० बेड मध्य १२२ बेड खाली भएका छन् । मेडिकल कलेजमा ८ जना संक्रमितको उपचार भईरहेकोमा ८ जना नै सिकिस्त छन् । त्यस्तै, वेष्टर्न अस्पतालमा १४ र युनाईटेड अस्पतालमा १५ गरि २८३ बेड खाली भएका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ४० बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा