७ आश्विन २०८३, बुधबार | September 23, 2026

भेरी अस्पतालमा डाक्टर र नर्समाथि सांघातिक आक्रमण गर्नेहरु जनही ५० हजार धरौतीमा छुटे



नेपालगन्ज । नेपालगन्ज स्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गर्ने दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका छन् ।

ज्यान मार्ने उद्योगमा प्रहरीले दर्ता गरेको मुद्दाको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टररनर्समाथि कुटपिट गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा छोड्न आदेश दिएको हो।

आज भएकाे थुनछेक सम्बन्धि बहसपछी न्यायाधिस अधिकारीले साे आदेश दिएका थिए । अदालतको आदेशसँगै उनीहरु तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएका छन् ।

गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत नसिंङ कर्मचारीको घाँटी थिचेर मार्न खोज्नुका सार्थ चिकित्कस र नर्सहरुलाई साँघातिक आक्रमण गरेका थिए । उनीहरुले अस्पतालको आईसीइु कक्षमा तोडफोड समेत गरेका थिए ।

अस्पतालका डाक्टर र नर्सहरू आक्रमणको विरोधमा आन्दोलनमा उत्रिएपछि सोही दिन राति प्रहरीले उनीहरू तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गराएको थियो ।

घटना लगत्तै सुरक्षाके माग गर्दै स्वास्थ्यकमीृहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शँकरबहादुर बिष्टको संयोजकत्वमा ७ सदस्सीय छानविन समिति गठन गरिएको थियो । समितिले आवेशगमा आाएर आक्रमण भएको निष्कर्ष सहितको प्रतिबेदन बुझाएको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई