काठमाडौं । सत्ता जोगाउन लगातार जसपा नेताहरुसँग गठबन्धनको प्रयास गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटन बुढानिलकण्ठ पुगेका छन् । संसदमा विश्वासको मत मागेका ओलीले आफु विरुद्ध गठबन्धन बनाउन सुरु गरेका देउवा भेट्न उनकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे देउवासँग छलफल गर्ने बुझिएको छ ।…