२१ चैत्र २०८२, शनिबार | April 4, 2026

गण्डकी प्रदेश प्रमुख निवास अगाडि विपक्षी गठबन्धनका सांसदको धर्ना

पोखरा । गण्डकी प्रदेश सरकार निर्माणमा काठमाडौमा जस्तै तुच्छ राजनीतिक दाउपेच देखिएपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार ३१ जना सांसदहरुको बहुमतसहित सशरीर उपस्थित भएर हस्तक्षर सनाखत गराउँदा पनि सरकार गठन नगरेपछि दलहरुले प्रदेश प्रमुखको नियत विरुद्ध धर्ना दिएका हुन् । कामचलाउ सरकारका मुख्यमन्त्री…