काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ३ हजार ३८४ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ८ हजार ५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामै ६ हजार २९५ जना संक्रमणमुक्त बनेका छन् ।
यस्तै थप ६१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया