बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाण्डौं कोटेश्वर निवासी श्रेष्ठ संक्रमित भएपछि काठमाण्डौंकै सिभिल सर्भिस अस्पतालमा उपचाररत थिए । उनको बिहिबार राति निधन भएको विश्वविद्यालयले जनाएको छ । श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दै बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्यले श्रेष्ठको…