काठमाडौं । जनता समाजवादी पार्टीभित्रको विवाद अब निर्वाचन आयोगमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसहित बुहमत कार्यकारिणी सदस्यहरुको हस्ताक्षरसहितको पत्रबाट लुम्बिनी प्रदेशका चार जना प्रदेश सांसदलाई पदमुक्त भएपछि त्यसविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । ठाकुरले निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीको कार्यकारिणी समिति बैठक नबसेको र बैठक बोलाउन कुनै सूचना…