काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले राजधानीका सबै शैक्षिक संस्थाहरु तत्कालै बन्द गर्नुपर्ने सुझाव दिएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले कोरोना महामारीको जोखिम दिनप्रतिदिन स्कुले विद्यार्थी र युवाहरुमा बढ्दै गएको भन्दै सरकारी र निजी सबै शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने सुझाव दिएका हुन् । कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको…