१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कोरोनाको पारो चढ्यो चार अंकमा, २४ घण्टामा थपिए १०९६ संक्रमित



काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको तिब्रता दिनप्रतिदिन बढ्दै गएको छ । धेरै समयपछि एकैदिन १ हजार बढीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९६ जना संक्रमित थपिएका छन् । जसमध्ये ५ हजार ८४ पीसीआर परीक्षणमा १०९५ जना र ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै काठमाडौं उपत्यकामा थपिएका छन् । उपत्यकामा ४३५ जना संक्रमित थपिएको स्वास्थ्यमन्त्रायले जनाएको छ । जसमध्ये ३२६ जना मात्रै काठमाडौंका रहेका छन् भने ६४ जना ललितपुर र ४५ जना भक्तपुरका रहेका छन् ।

यसअघि कोरोनाको पहिलो लहरमा पनि काठमाडौंमै सबैभन्दा धेरै संक्रमित थपिने गरेका थिए ।

यही अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार २९० पुगेको छ भने क्वारेन्टाइनमा ८५ जना रहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ४० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम