७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं उपत्यकाका सीडीओहरुको सुझाव : शैक्षिक संस्थाहरु तत्कालै बन्द गर्नुपर्छ



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले राजधानीका सबै शैक्षिक संस्थाहरु तत्कालै बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले कोरोना महामारीको जोखिम दिनप्रतिदिन स्कुले विद्यार्थी र युवाहरुमा बढ्दै गएको भन्दै सरकारी र निजी सबै शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने सुझाव दिएका हुन् ।

कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सीडीओहरुले महामारी विद्यालय तहका छात्रछात्रामा फैलिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले थप संक्रमण फैलिन नदिन अर्को निर्णय नभएसम्म शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने र वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने जनाएका छन् ।

तत्काललाई बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने आफुहरुले सुझाव दिएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए । त्यसपछि पनि जोखिमको अवस्था हेरेर निर्णय लिनुपर्ने सुझाव दिएको पराजुलीले जनाएका छन् । आफुहरुको सुझावलाई सीसीएमसीले गम्भीरतापूर्वक लिएको भन्दै उनले यसलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्ने निर्णय भएको समेत बताए ।

यसैगरी सीडीओहरुले भीडभाड हुने अन्य क्षेत्रलाई समेत मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने बताएका छन् ।

सीसीएमसीले उपत्यकामा महामारी संक्रमणको अवस्था र जोखिम नियन्त्रणका लागि गर्नुपर्ने उपायबारे सीडीओहरुसँग छलफल गरेको हो । बैठकले आम सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड कडाईपूर्वक पालना गर्न लगाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : ५५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११