काठमाडौं । दुई नेपाली चलचित्र ‘जारी-२’ र ‘मन बिनाको धन’ आज शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएका छन् । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘जारी-२’ मा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन् । साथै, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा र सिर्जना निङलेखु…