सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका-२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा-दुलहीलाई नियन्त्रणमा लिएको थियो । दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उमेर नपुगेकी दुलही र मकवानपुर जिल्ला बकैया गाउँपालिका-७ का दुलहाबीच शुक्रबार हुन…