काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् । शुक्रवार माओवादी केन्द्र खारेजीको लागि परेको निवेदन अघि बढाउन निर्वाचन आयोगलाई दबाब दिन पुगेका नेता रायमाझीले आफने पूर्व पार्टी माओवादी संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचलेको आरोप लगाएका हुन् ।…