२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

कास्कीमा पहिरोले एम्बुलेन्स पुरियो, बिरामीको मृत्यु

पोखरा । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्स पहिरोले पुरिँदा एम्बुलुन्समा अस्पताल पुग्दै गरेका बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्सलाई पहिरोले पुरेको थियो । पहिरोले पुरिएर एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको प्रहरीले जनाएको छ…