७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कार्यविधिबिना नै संघीय सरकारले ग-यो ५ अर्ब बढी खर्च



काठमाडौं । गत वर्ष संघीय सरकारका विभिन्न निकायले कोरोना नियन्त्रणका नाममा खर्चसम्बन्धी कार्यविधि नै नबनाई ४ अर्ब ७९ करोड ८६ लाख खर्च गरेको पाइएको छ । सो वर्ष संघीय सरकारले कोरोना नियन्त्रणका लागि ५ अर्ब ९२ करोड ७ लाखको बजेट विनियोजन गरेकोमा ४ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ खर्च भएको हो ।

यस्तै, यस अतिरिक्त सरकारले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ३ करोड ७० लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको ५८औं प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयअनुसार सो कोषमा अहिले पनि १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ मौज्दात रहेको छ ।

महालेखाका अनुसार संविधान र विपद् जोखिम न्यूनीकरण ताथ व्यवस्थापन ऐन २०७४ बमोजिम कानुनबाट नै स्थापित कोषहरूको परिचालन गर्नुपर्छ । विपद्को अवस्थामा पारदर्शी रूपमा स्थायी प्रकृतिका आकस्मिक कोष तथा अन्य विपद् व्यवस्थापन कोषबाट निकासा दिने, खर्च गर्ने, लेखांकन र प्रतिवेदन गर्नेलगायतका विषयमा कार्यविधि कानुनको निर्माण गर्नुपर्नेमा त्यस्तो नदेखिएको महालेखाको ठहर छ । महालेखाले कोरोना नियन्त्रणजस्तो संवेदनशील विषयमा गरिएको खर्चमा समेत पारदर्शिता नदेखिएको जनाएको छ ।

महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार कोरोना कोषबाट गरिएको १ अर्ब ३ करोड ७० लाख रुपैयाँको खर्चबारे अनुगमन गरिएको छैन । खर्च कहाँ र कसरी गरियो भन्ने स्पष्ट विवरण उल्ल्लेख गरिएको छैन् । सो कोषबाट गएको रकममध्ये नेपाल प्रवेश गर्ने व्यक्तिको क्वारेन्टिनलगायतको व्यवस्थापन गर्न ५ करोड १८ लाख, स्वास्थ्य सामग्री तथा उपकरण र औषधि खरिदका लागि २३ करोड ४८ लाख, स्वाब संकलनको विमान भाडा आईसीयू, क्वारेन्टिन स्थापना तथा व्यवस्थापना र मर्मत सुधारका लागि ५५ करोड ६३ लाख एवं भेन्टिलेटर स्वास्थ्य सामग्री उपकरण औषधि खरिदका लागि थप १९ करोड ४१ लाख रुपैयाँ खर्च भएको महालेखाको प्रतिवेदनले औंल्याएको छ । त्यसरी गरिएको खर्चको पनि कुनै अनुगमन नभएको महालेखाले जनाएको छ ।

यस्तै, महालेखाका अनुसार कोरोना कोषबाट निकासा दिएको ५ करोड १८ लाखमध्ये क्वारेन्टिन निर्माणका लागि भन्दै खर्च गर्दा पनि सम्बन्धित निकायको माग तथा आवश्यकता पहिचानबेगर नै रकम निकासा दिइएको पाइएको छ । जसअनुसार विभिन्न १८ वटा जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले ९० लाख, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई १ करोड ४० लाख, कोसी अस्पताललाई १ करोड, गेजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई ६८ लाख, डडेल्धुरा अस्पताललाई ६० लाख तथा अन्य तीन निकायलाई ६० लाख निकासा दिइएको थियो ।

यसरी निकासा दिइएको रकमका सम्बन्धमा समेत केन्द्रीय निकाय र कोष सञ्चालक समितिले कुनै अनुगमन नगरेको पाइएको महालेखाले जनाएको छ । यस्तै सो कोषबाट विभिन्न स्थानीय तहलाई २ करोड ७५ लाख रकम निकासा गरेको भए तापनि खर्च शीर्षक यकिन नगरी एकमुष्ठ रकम निकासा दिइएको पाइएको छ । यस्तै, स्वाव संकलन विमान भाडा, आईसीयू, क्वारेन्टिन स्थापना तथा व्यवस्थापन र मर्मत सुधारका लागि ५५ करोड ६३ लाख निकासा गरिएको भए पनि त्यसरी भएको खर्च र कार्य प्रगतिको अवस्थाबारे समेत कुनै अनुगमन नभएको पाइएको छ ।

यसैगरी, महालेखाका अनुसार संघीयस्तरका ६ मन्त्रालयका लागि कोभिड नियन्त्रण गर्न भन्दै ५ अर्ब ९२ करोड ७ लाख बजेट विनियोजन भएकोमा चालूतर्फ २ अर्ब ३४ करोड ७४ लाख र पुँजीगततर्फ २ अर्ब ४५ करोड १२ लाख गरी जम्मा ४ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ । पछिल्लो वर्ष लेखापरीक्षण गरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका १९ निकायमा १ अर्ब ८९ करोड ५२ लाख खर्च भएको छ । बजेट शीर्षकको बाँडफाँड नभएकाले कोभिड १९ सँग प्रत्यक्ष सरोकार नभएको करार सेवाशुल्क, बैठक भत्ताजस्ता कार्यमा समेत खर्च भएको महालेखाले औंल्याएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ६ : ३२ बजे

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको