काठमाडौं । ओली पक्ष निकट नेकपाका विद्यार्थी र युवाहरुले काठमाडौं उपत्यकामा मोटरसाइकल र्याली निकालेका छन् । २३ गते आयोजना गरेको शक्ति प्रदर्शनलाई प्रभावकारी बनाउन भन्दै ओली निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू नेपालले बुधबार काठमाडौं उपत्यकामा मोटरसाइकल र्याली निकालेका हुन् । ललितपुरको बालकुमारीबाट सुरु भएको र्याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, नारायणहिटी…