काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले कोरोना भाइरसको संक्रमणका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई पुनः गतिमा फर्काउन सरकारले सहयोग गर्ने बताएका हुन् । पौडेलले सरकारले राहत, सहुलियत र…