९ पुस २०८२, बुधबार | December 25, 2025

जाडो छल्न साइबेरिया, किर्गिस्तान, जापान लगायतका क्षेत्रबाट आउन थाले चरा

कञ्चनपुर । कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सरेर आउने चराको चहलपहल बढ्न थालेको छ । साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चरा जाडो छल्नका लागि हिमाल छिचोल्दै आउने गरेका छन् । चिसो छल्न र आहारको कमी भएपछि आहारा खोज्नका लागि चरा आउने प्रक्रिया वर्षौँदेखि निरन्तररूपमा चल्दै आएको छ ।…