१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पूर्व माओवादी नेताहरुको मुद्दा न्यायाधीस दीपककुमार कार्कीको बेञ्चमा



काठमाडौं । माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको स्थायी समिति सहित केन्द्रीय नेता बनेका चार सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

न्यायाधीस दीपककुमार कार्कीको एकल इजलासमा यी चारै नेताको मुद्दामाथि सुनुवाई हुने भएको छ ।

नेकपा माओवादी पार्टी परित्याग गरेर एमाले बनेका पूर्व माओवादी नेताहरु टोबहादुर रायमाझी लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।

आफुहरु कानूनी रुपमा अझै पनि माओवादी केन्द्रको सदस्य रहेको उनीहरुले दाबी गरेका छन् । आफुहरुले दल त्याग नगरेको र निर्वाचन आयोगको विवरणमा आफुहरु माओवादी केन्द्रकै केन्द्रीय सदस्य रहेको भन्दै चारै नेताहरुले प्रचण्डको सिफारिसमा सभामुखले गरेको सांसद पद खारेजको निर्णय बदरभागी हुनुपर्ने उनीहरुले जिकिर गरेका छन् ।

सर्वोच्च अदालतले साविकको नेकपा खारेज गरेर पूर्ववत पार्टीहरु एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि चारै नेताहरु एमालेमा प्रवेश गरेका थिए । तत्कालिन केपी ओली सरकारको मन्त्री रहेका उनीहरुलाई माओवादी केन्द्रले पटकपटक स्पष्टीकरण सोधेपछि दल त्याग गरेको अभियोगमा चैत्र २४ गते पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको थियो । माअ‍ोवादीले उनीहरुको सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्राचार गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा चारै सांसदहरुको सांसदपद नरहेको जानकारी गराएका थिए ।

सर्वोच्चमा आजै लुम्बिनी प्रदेशमा माओवादीले कारवाही गरेका दुई प्रदेश सांसदको समेत मुद्दामाथि सुनुवाइ हुँदैछ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ११ : ३७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर