नुवाकोट । तारकेश्वर नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचका लागि घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै सुविधा दिने उद्देश्यले घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख जनाद्र्धन अधिकारीले जानकारी दिए । घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम नगरपालिकाको ११ वटै वडामा सञ्चालन भइरहेको उनले…