१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

दुई लाखसहित जुवाखालबाट आठ जना पक्राउ



वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरस्थित एक होटलमा जुवाखालबाट दुई लाख रुपैयाँसहित प्रहरी आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेतको जुम्ला रोडस्थित सकुन्तला न्यौपानेले सञ्चालन गरेको सुर्खेती स्टाप होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-३ तातोपानीमा बस्ने ३० वर्षीय किरण विष्ट, वीरेन्द्रनगर नगरपालिका-६ रातोपुल नजिक बस्ने २२ वर्षीय बखत शाही र डुङ्गेश्वर गाउँपालिका-४ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका-४ खोर्केलाइन बस्ने ३० वर्षीय लोकबहादुर बुढा रहेका छन् ।

त्यस्तै गुराँस गाउँपालिका-१ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान बस्ने ३० वर्षीय पदम सलामी मगर, सुर्खेत चिङगाड गाउँपालिका घर भई वीरेन्द्रनगर-४ भैरवस्थान बस्ने ४० वर्षीय बलबहादुर बाह्रघरे, वीरेन्द्रनगर नगरपालिका-४ खोर्केलाई बस्ने गुराँस गाउँपालिका-६ दैलेख निवासी २८ वर्षीय यामबहादुर रोकाय र तुर्माखाँद गाउँपालिका-३ अछाम स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ३५ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।

होटलमा पैसाको हारजीत हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुसहित जुवाखालबाटै दुई लाख १४ हजार ९७० नगद र दस्तखत गरिएका विभिन्न बैंकका ११ थान चेक पनि बरामद गरिएको छ ।

त्यसैगरी प्रभु बैंकको चार लाख लेखिएको दस्तखतसमेत भएको एक थान चेक, एनएमबि बैंकको ४९ हजार रकम उल्लेख गरी दस्तखत गरिएको एक थान चेकका साथै जुवा खेल्न प्रयोग गरिएको एक गड्डी तास र तास खेल्न बिच्छ्याइएको एक थान लिउ पनि रीतपूर्वक बरामद गरिएको उनले बताए ।

जुवाडेसहित होटल सञ्चालक डुङ्गेश्वर गाउँपालिका-५ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत भैरवस्थान बस्ने २६ वर्षीय शकुन्तला न्यौपानेसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ३३ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा