१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्न लागेको छ ।

प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठकमा आगामी १४ औं महाधिवेशनका विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । आजको बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्न सक्ने उनले बताए ।

यसअघि शनिबार बसको बैठकले गाउँ तथा नगर वडा अधिवेशन स्थगित गरेको थियो । क्रियाशील सदस्यता छानविन पूरा नभएकाले वडा अधिवेशन स्थगित गरेको थियो ।

आजको बैठकले त्यससम्बन्धी निर्णय गर्नसक्ने जनाइएको छ । यसअघि कांग्रेसको वडा अधिवेशन साउन १२ गते तोकिएको थियो । यस्तै, कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले काम लगभग सकिएको जनाएको छ । आजै पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउने समितिका सचिव केवश रिजालले बताए ।

क्रियाशील सदस्यता छानविनका लागि असार ३० गतेसम्मको सयम दिइएको थियो । तर, विवाद भएपछि काम लम्बिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : ३५ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,