२५ श्रावण २०८३, सोमबार | August 10, 2026

प्रतिनिधिसभा विघटन संविधान र सर्वोच्चको फैसला विपरित : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री चयनको विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरिनुलाई असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् । शनिबार वक्तव्य जारी गर्दै सभामुख सापकोटाले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम…