काठमाडौं । संवैधानिक परिषदसम्बन्धी विवादास्पद अध्यादेश ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका रिक्त पदमा धमाधम नियुक्तिको सिफारिस गरेका छन् । राष्ट्रपतिमार्फत संसद विघटन गराएर जुनसुकै निर्णय गर्न पनि फुक्काफाल भएका ओलीले अध्यादेशअनुसार गत मंसिर ३० गतेको संवैधानिक परिाषदको बैठकले गरेको निर्णयहरु आज सार्वजनिक गराएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई…