१९ पुस २०८२, शनिबार | January 3, 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने बताइएको छ ।