काठमाडौं । सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेला-बेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट सम्पर्क गरी ठूलो रकम कमाउने प्रलोभनमा…