७ पुस २०८२, सोमबार | December 22, 2025

आजको मौसम : सामान्यतया सफा, पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ…