७ आश्विन २०८३, बुधबार | September 23, 2026

साँझ ७ बजे पुनः बस्ने गरी एमाले कार्यदलको बैठक स्थगित



काठमाडौं । एमाले विवाद मिलाउ गठित कार्यदलको आजको बैठक साँझ ७ बजे पुनः बस्ने गरि स्थगित भएको छ । आन्तरिक गृहकार्य गर्नका लागि भन्दै नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको हो ।

कार्यदलको बैठकमा भएको सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य गर्न बैठक केहि समयका लागि स्थगित गरिएको कार्यदलका एक सदस्यले बताए । बैठक स्थगित भएलगत्तै ओली पक्षर नेपाल पक्षका कार्यदलका सदस्यहरु छुट्टाछट्टै आन्तरिक छलफलमा जुटेका छन् ।

बुधबारको बैठकले आज ११ बजेका लागि बैठक तय गरेपनि नेपाल पक्षका कार्यदलका संयोजक वरिष्ठ नेता माधव नेपालसँगको परामर्शमा व्यस्त भएपछि १२ बजे मात्र बैठक शुरु भएको थियो । आजै बिहान कार्यदलका सदस्य एवं अर्थमन्त्री विष्णु पौडेल र उपाध्यक्ष रावलकाबीच झण्डै २ घण्टा सम्बाद भएको थियो ।

​बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  २ : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई